Latest News
Kathmandu

निर्वाचन परिचालन कमिटी गठन

निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गर्दै केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरु, जनसङ्गठनका केन्द्रीय पदाधिकारीसमेत रहने गरी कमिटी गठन गरेको हो ।

बैठकले महासचिव डा.वेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको पार्टीमा योगदान गरेकोलगायत मापदण्ड निर्धारण गरेको छ । सम्बन्धित तहले उम्मेदवार सिफारिस एवं निर्णय प्रक्रिया निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

वडा कमिटीले यही चैत ३० गतेभित्र, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र, प्रदेश कमिटीले वैशाख ६ गतेभित्र र केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र उम्मेदवारको सिफारिस गर्नुपर्नेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोभिडका नयाँ सङ्क्रमित
पछिल्लो समाचार →
चट्याङले लागेर मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *