Latest News
Kathmandu

प्रगतिशील प्राध्यापक संघ अध्यक्षमा डा.केसी

प्रगतिशील प्राध्यापक संघ अध्यक्षमा डा.केसी

काठमाडौँ । प्रगतिशील प्राध्यापक सङ्गठनको दशौँ राष्ट्रिय सम्मेलनबाट प्राडा वेदराज केसीको अध्यक्षतमा १३७ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

समितिको उपाध्यक्षहरूमा रामकुमार राई, डा खगराज शर्मा, बलराम राय, भोला ओझा, मनोज विष्ट, सरिता निरौला र तिलक भुसाल, महासचिवमा डा. पदमप्रसाद खतिवडा, उपमहासचिवमा नरेन्द्र कोइराला र डा सुमन खरेल, सचिवमा होमबहादुर बस्नेत, किशोरकुमार साह, देवराज अर्याल, कृष्ण अधिकारी, दिनेश पन्थी, मानबहादुर जोरा र तेजविक्र बस्नेत बस्नेत र कोषाध्यक्षमा नन्दीकेशर नेपाल चयन हुनुभएको छ ।

सो महाधिवेशनको यही चैत २६ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा उद्घाटन गर्नुभएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चट्याङले लागेर मृत्यु
पछिल्लो समाचार →
आंशिकदेखि सामान्य बदलीको संंभावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *