Latest News
Kathmandu

एकीकृत समाजवादीसँग आयोगले माग्यो स्पष्टीकरण

एकीकृत समाजवादीसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचारसंहिता विपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।

यस्तै, आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा।शशांक कोइरालासँग जवाफ मागेको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।

आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यी हुन् चालु आवका आर्थिक सूचक
पछिल्लो समाचार →
४५ लाख २२ हजार मतपत्र छापिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *