Latest News
Kathmandu

आज सुरुङमा पठाइँदै मेलम्चीको पानी

आज सुरुङमा पठाइँदै मेलम्चीको पानी

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आज मेलम्चीको खानेपानी सुरुङमा पठाइने भएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए ।

केही काम बाँकी भए पनि आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

गत १ असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कतारमा आममाफीको समयावधि अप्रिल अन्तिमसम्म
पछिल्लो समाचार →
रवि लामिछाने बने कामनाको ‘ब्राण्ड एम्बास्डर’

Leave a Comment

Your email address will not be published. Required fields are marked *