काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा सञ्चारकर्मी रवि लामिछानेलाई नियुक्त गरेको छ ।
सोमबार राजधानीमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो क्रममा लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने कार्यको लागि छुट्टाउने घोषणा गरे ।

Leave a Comment