काठमाडौँ । बलेफी हाइड्रोपावरको आइपीओ आज मंगलबार बाँडफाँट गरिँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लक्ष्मण बाबु भवन, नक्साल काठमाडौँमा बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको हो ।
मागभन्दा १५.७६ गुणा बढी आवेदन परेको सो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

Leave a Comment