Latest News
Kathmandu

मेलम्चीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडियो

मेलम्चीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडियो

मेलम्ची नदीको पानी मंगलबार सुरुङबाट काठमाडौंतर्फ पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन मंगलबार सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो ।

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो ।

सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन
पछिल्लो समाचार →
मनोरञ्जन र प्राकृतिक उपचारको आकर्षण बन्दै म्याग्दीका तातोपानी कुण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *