Latest News
Kathmandu

तिलोत्तमाको मेयरमा चार जनाको नाम सिफारिस

तिलोत्तमाको मेयरमा चार जनाको नाम सिफारिस

काठमाडौँ । नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुखका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

एमाले तिलोत्तमाको प्रमुखका लागि बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको हो । यस्तै उपप्रमुखका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।

बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफरिस गरिएको हो ।

तिलोत्तमा नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
८ महिनामा भित्रियो ६ खर्ब ३१ अर्ब रेमिट्यान्स
पछिल्लो समाचार →
कांग्रेस निर्वाचन परिचालन समितिको बैठक वैशाख २ गते

Leave a Comment

Your email address will not be published. Required fields are marked *