Latest News
Kathmandu

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक वैशाख २ गते

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक वैशाख २ गते

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तिलोत्तमाको मेयरमा चार जनाको नाम सिफारिस
पछिल्लो समाचार →
माओवादीको भोट माग्ने ट्रिकः पोस्टरमा कुलमानको तस्बिर

Leave a Comment

Your email address will not be published. Required fields are marked *