Latest News
Kathmandu

माओवादीको भोट माग्ने ट्रिकः पोस्टरमा कुलमानको तस्बिर

माओवादीको भोट माग्ने ट्रिकः पोस्टरमा कुलमानको तस्बिर

काठमाडौँ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । आसन्न स्थानीय तह निर्वाचनकेन्द्रित चुनावी पोस्टरहरू सार्वजनिक गरिएको छ ।

पार्टीको प्रचार गर्न प्रकाशित एउटा पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर समेत समावेश गरिएको छ ।

पोस्टरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मासँगै घिसिङको तस्बिर प्रयोग गरिएको हो ।

तीनजनाको तस्बिरसहितको पोस्टरमा लेखिएको छ, ‘अँध्यारोबाट उज्यालोको यात्रा’ । उक्त पोस्टर प्रचण्डलगायत नेताको आधिकारिक फेसबुकमा सेयर गरिएको छ ।

प्रचण्डको फेसबुकमा पोस्टर सेयर गर्दै लेखिएको छ, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कांग्रेस निर्वाचन परिचालन समितिको बैठक वैशाख २ गते
पछिल्लो समाचार →
सुनको मूल्य ६ सयले बढ्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *