Latest News
Kathmandu

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही मोटरसाइकलका चालक रतुवामाई–४ का २२ वर्षीय पंकज यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल बाटो छेउको नालामा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भाएका यादवको राति ८ः५० बजेतिर विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बार्सिलोना युरोपा लिगबाट बाहिरियो
पछिल्लो समाचार →
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *