Latest News
Kathmandu

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

काठमाडौँ । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । हिजो शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको हो ।

शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् ।

सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पछिल्लो समाचार →
किभ वरपर ९ सय मानिसको शव फेला

Leave a Comment

Your email address will not be published. Required fields are marked *