Latest News
Kathmandu

अछामका तीन पालिकाले गरे गठबन्धनको निर्णय अस्वीकार

अछामका तीन पालिकाले गरे गठबन्धनको निर्णय अस्वीकार

काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए ।

तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
किभ वरपर ९ सय मानिसको शव फेला
पछिल्लो समाचार →
बझाङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *