Latest News
Kathmandu

बझाङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

बझाङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

काठमाडौँ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति पौने १ बजे दुर्घटना भएको हो ।

जीपमा तीन महिला र ६ पुरुष गरी नौ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए ।

निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताय ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अछामका तीन पालिकाले गरे गठबन्धनको निर्णय अस्वीकार
पछिल्लो समाचार →
चुनाव हुनेमा अझै आशंका, अदालतको फैसलाले हुने कि नहुने टुंगो लाग्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *