Latest News
Kathmandu

चुनाव हुनेमा अझै आशंका, अदालतको फैसलाले हुने कि नहुने टुंगो लाग्ने

चुनाव हुनेमा अझै आशंका, अदालतको फैसलाले हुने कि नहुने टुंगो लाग्ने

स्थानीय निकायको निर्वाचनको तय भएको मिति २६ दिनमात्र बाँकी छ । ३० वैशाखका लागि तोकिएको चुनावका लागि निर्वाचन आयोगको तयारी द्रुत गतिमा बढिरहेको छ । मतपत्र छाप्न ठिक्क पारिएको छ ।

चुनावको चटारोमा दलहरु परिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग चुनावमा भाग लिने वातावरण बताइदिने आग्रह गरेको छ । विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतसँग भेटेर आफ्नो कुरा राखिसकेका छन् ।

सत्ता गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनाव हुनेमा आशंकासहितको अभिव्यक्ति दिए । उनले पाँच वर्ष कार्यकाल पूरा नभएकाको संवैधानिक अधिकार हरण हुने भने । यसप्रति निर्वाचन आयोगले चुनावमा आशंका हुने खालका अभिव्यक्ति नदिन भन्यो ।

चुनावको तयारी भइरहँदा सर्वोच्च अदालतमा दायर एउटा मुद्दातर्फ ध्यान गएको छ । त्यो जनप्रतिनिधिहरुको कार्यकालसम्बन्धी मुद्दा हो । २ असोज २०७४ मा स्थानीय चुनावको तेस्रो चरणको चुनाव भएर निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै पूरा भएको छेन । यसलाई उल्लेख गरी त्यस अगावै वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले मुद्दा दायर गरेका थिए । त्यसबारे फैसला आज भोलि नै आउने चर्चा छ । मुद्दा दायर गर्नेले २ असोजमा तेस्रो चरणको स्थानीय तहको चुनाव भएकाले उक्त मितिसम्म काम गर्न पाउनुपर्ने जिकिर गरेका छन् ।

संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकालबारे स्पष्ट व्याख्या गरिएको छ । जस अनुसार गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने भनिएको छ । संविधानको यही धारालाई टेकेर कार्यकाल समाप्त नभई चुनाव गर्न नमिल्ने तर्क गरिएको छ ।

सर्वोच्च अदालतले स्थानीय निकायको निर्वाचित पदाधिकारीको पदावधिबारे लिने फैसलाले वैशाख ३० मा हुने भनिएको चुनावमा असर गर्न सक्छ । रिटको विपक्षमा फैसला भएमा चुनाव हुन्छ अन्यथा चुनाव सर्न सक्छ । त्यसपछि असोजपछि मात्र चुनाव हुने अवस्था बन्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बझाङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
पछिल्लो समाचार →
पोखरामा कांग्रेसबाट मेयरको आकांक्षा राख्नै २५ हजार !

Leave a Comment

Your email address will not be published. Required fields are marked *