Latest News
Kathmandu

महेश त्रिपाठी अमेरिकी फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता विधामा मनोनित

महेश त्रिपाठी अमेरिकी फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता विधामा मनोनित

‘चपली हाइट ३’ फेम्ड अभिनेता महेश त्रिपाठी एक अमेरिकी फिल्म फेस्टिभलको उत्कृष्ट अभिनेता विधामा मनोनयन भएका छन् ।

बुधबारबाट सुरु भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा त्रिपाठी फिल्म ‘हल्कारा’बाट मनोनित भएका हुन् । उक्त फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको मनोनयन सूचीअनुसार त्रिपाठी अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा छन् ।

मनोनयनमा परेपछि त्रिपाठीले विश्वको तेस्रो पुरानो फिल्म फेस्टिभलमा मनोनयनमा पर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुसीको कुरा भएको बताए । ‘नोभेम्बर रेन’बाट फिल्मी करिअर थालेका त्रिपाठीको तेस्रो फिल्मको रुपमा ‘हल्कारा’ रहेको छ ।

यसअघि उनी अभिनित ‘चपली हाइट ३’ हलमा प्रदर्शन भइसकेको छ । अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा स्क्रिनिङ हुने तयारी छ ।

फिल्ममा महेशसहित बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री र विद्या कार्कीको पनि अभिनय छ । कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको यस फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति
पछिल्लो समाचार →
‘फिल्म साउथ एसिया’ भोलिदेखि, आठ देशका ७१ फिल्म प्रदर्शन गरिने

Leave a Comment

Your email address will not be published. Required fields are marked *