Latest News
Kathmandu

‘फिल्म साउथ एसिया’ भोलिदेखि, आठ देशका ७१ फिल्म प्रदर्शन गरिने

‘फिल्म साउथ एसिया’ भोलिदेखि, आठ देशका ७१ फिल्म प्रदर्शन गरिने

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव फिल्म साउथ एसिया–२०२२ बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । महोत्सवको १३ औं संस्करणमा आठ मुलुकका ७१ फिल्म प्रदर्शन हुने भएका छन् ।

आइतबारसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा चल्ने फेस्टिभलको थिम यसपटक ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमै यसपटकको महोत्सव आयोजना हुन लागेको हो ।

भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हुने भएको छ । उद्घाटनमा पनि गायिका सोना उपस्थित हुने भएकी छन् ।

‘सट अप सोना’ भारतीय समाजमा समान सहभागिता र अधिकार खोज्न संघर्ष गर्ने महिला कलाकारको कथा हो, जसलाई भारतीय समाज चुनौतीको रुपमा लिन्छ । फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने भएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महेश त्रिपाठी अमेरिकी फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता विधामा मनोनित
पछिल्लो समाचार →
‘डंकी’मा हिरानी र शाहरुखको पहिलोपटक सहकार्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *