Latest News
Kathmandu

काठमाडौं महानगरपालिकाले कांग्रेसको मेयरका लागि ५ जनाको नाम सिफारिस

काठमाडौं महानगरपालिकाले कांग्रेसको मेयरका लागि ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मेयर पदका लागि पाँच जनाको सिफारिस गरिएको नगर सभापति नीलकाजी शाक्यले जानकारी दिए ।

महानगर कार्यसमितिको बैठकले महानगरपालिकाको मेयरका लागि नगरसभापति नीलकाजी शाक्य र सचिव सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । खड्की वर्तमान उपमेयर हुन् भने सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । रञ्जित कांग्रेसको महानगर सभापतिका प्रत्यासी हुन् ।

सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
१२ कक्षासम्म निःशुल्क शिक्षा राप्रपाको घोषणापत्र (घोषणापत्र सहित)
पछिल्लो समाचार →
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस नेपालमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *