Latest News
Kathmandu

१२ कक्षासम्म निःशुल्क शिक्षा राप्रपाको घोषणापत्र (घोषणापत्र सहित)

१२ कक्षासम्म निःशुल्क शिक्षा राप्रपाको घोषणापत्र (घोषणापत्र सहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हुन् ।

राप्रपाले १२ कक्षासम्म निःशुल्क, सबै स्थानीय तहमा कम्तिमा एक प्राविभिक धारको विद्यालय, विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, प्रारम्भिक बालविकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउन प्राथमिकता लगायतका विषय घोषणापत्रमा राखेको छ ।

साथै गरिबीको रेखा मुनि रहेका बर्ग तथा अल्पसंख्यक समुहका न्युनतम एक जना प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष एम.बि.बि.एस र इन्जिनियर स्नातह तह अध्ययनका लागि छात्रवृत्ति, छात्राहरुलाई निशुल्क सेनिटरी प्याड, बेरोजगार तथा सीप विहीन युवालाई सीपमुलक तालिम केन्द्र स्थापना,प्राथमिक तहसम्म स्थानीय मातृभाषा शिक्षा र फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षाको व्यावस्था गरीने घोषणापत्रमा उललेख गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पोखरा महानगरपालिकाले विद्यालय भर्नाका लागि सडक नाटक प्रदर्शन गर्ने
पछिल्लो समाचार →
काठमाडौं महानगरपालिकाले कांग्रेसको मेयरका लागि ५ जनाको नाम सिफारिस

Leave a Comment

Your email address will not be published. Required fields are marked *