Latest News
Kathmandu

भ्यू टावरको विरोध गर्नेलाई ओलीको जवाफ : गुजराती भैंसी हो र दूध दिनलाई ?

भ्यू टावरको विरोध गर्नेलाई ओलीको जवाफ : गुजराती भैंसी हो र दूध दिनलाई ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो भन्दै जवाफ दिएका हुन् ।

‘एमाले नभएको भए गर्व गर्ने धरहरा आज हामी देख्न पाउदैनथ्यौं । कांग्रेसहरू र यो गठबन्धन त के भन्दै छ भने भ्यू टावर बनाउनु हुँदैन अरे । अनि त्यहाँ के धान फल्छ त धान ?’, उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’

ओलीले भ्यू टावरहरु राष्ट्रका गौरव हुने भन्दै यस्ता गौरवलाई उठाउनु पर्ने बताए । धरहरा र भ्यू टावरले केही दिँदैन भनेर आलोचन गर्नेलाई उनले जवाफ दिए, ‘गुजराती भैँसी किनेर बाँधेको हो ? जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ?

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कलाकार मदनदास श्रेष्ठ काठमाडौंको मेयर राप्रपाबाट सिफारिस
पछिल्लो समाचार →
एमालेको घोषणापत्रमै सर्वोच्चको फैसलाको आलोचना

Leave a Comment

Your email address will not be published. Required fields are marked *