Latest News
Kathmandu

कुल वजेटको कम्तिमा १५ प्रतिशत वजेट शिक्षामा चाहिन्छ : शिक्षामन्त्री

कुल वजेटको कम्तिमा १५ प्रतिशत वजेट शिक्षामा चाहिन्छ : शिक्षामन्त्री

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा कम्तिमा १५ प्रतिशत वजेट माग गरिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा १५ प्रतिशत वजेट विनियोजन गर्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग छलफल गरिरहेको बताएका हुन् ।

शनिबार शिक्षा पत्रकारहरुसँग शिक्षा क्षेत्रका विषयमा छलफल गर्देे आइतबार अर्थमन्त्रालयसँग २०७९ ८० को नीति तथा कार्यक्रम र वजेटका लागि छलफल रहेको जनाएका थिए ।

शिक्षा मन्त्री पौडेलले कुल वजेटको कम्तिमा १५ प्रतिशत वजेट शिक्षामा व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेको बताए । उनले भने “यदि त्यसो हुन नसके सिलिङ्मा,शिर्षकमा प्रस्ताव गर्ने र पछि शिर्षक अनुसार वजेट तान्न सकिन्छ । यो सँगै अन्तराष्ट्रिय दातृ निकायहरुसँग पहल गरेर भएपनि शिक्षामा वजेट वढाउनु पर्ने योजनामा छु ।”

त्यस्तै विद्यार्थी संख्या कम रहेका विद्यालयहरुलाई मर्जर गर्नुपर्ने देखिएको वताए । उनले मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला जस्ता दुर्गम जिल्लाका विद्यालयहरुलाई मर्जर गरेर आवासिय विद्यालयका रुपमा विकास गर्नुपर्ने बताए । कानुनी व्यवस्था पनि ल्याउनुपर्ने देखिएको जनाए ।

त्यसैगरी सार्वजनिक विद्यालयहरुमा विद्यार्थी संख्या वृद्धिका लागि बसको व्यावस्था गर्ने , अङ्ग्रेजी भाषामा पठनपाठन गर्ने, कम्तिमा एउटा प्रदेशमा एउटा आविासिय विद्यालय बनाउने, खानेपानि, विजुली, शौचालयको राम्रो व्यवस्था गर्ने, आईसिटी सहितको कक्षा कोठा निर्माण गर्ने लगायतका विषय प्रस्ताव गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापन गर्न र शिक्षकको अभाव रहेकाले तत्काल तीनहजार दरबन्दी थपेर पठाउनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको जानकारी दिए । उनले अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक अभाव भएको बताउदै विषयगत शिक्षक नहुँदा समस्या परेको गुनासो गरे ।

आगामी वर्षको बजेट तथा कार्यक्रममा कानुनी सुधार, शिक्षण प्रक्रिया तथा सिकाइमा सुधार र भौतिक पुर्वाधारमा सुधार गरी तीन प्रकारको सुधार गर्न खोजिएको जानकारी दिए । साथै ७७ वटै जिल्लामा प्राविधिक शिक्षाको विस्तार गर्ने, हरेक प्रदेशमा विशिष्टिकृत विश्वविद्यालय निर्माण गर्ने योजना रहेको बताए ।

त्यसैगरी शिक्षालाई स्थान्तरण गर्ने कुरामा आफु प्रतिवद्ध रहेको जानकारी दिदै सङ्घीय शिक्षा ऐन ल्याएर क्षेत्राधिकार प्रष्ट पार्नुपर्न आवश्यक रहेको बताए । उनले संविधानमा शिक्षालाई मौलिक अधिकार भनिएपनि पालिकाहरुमा शिक्षा प्राथमिकतामा नपरी पूर्वाधार निर्माणलाई वढी प्राथमिकता दिएको गुनासो गरे ।

शैक्षिक सुधारका लागि शिक्षकहरुलाई सम्मानित रुपमा अगाडी बढाउनु पर्ने आवश्यक रहेको बताउँदै शिक्षक महासंघसँग ५१ बुँदे सम्झौता गरीएको प्रष्ट पारे । भने “कर्मचारी र शिक्षक विच विभेद नहुने वातावरण बनाउनु राज्यको दायित्व हो । तर, विद्यालय बनाउने दायित्व शिक्षकको हो । त्यसैले कानुनी संवत तरीकाले शिक्षकहरुका मागलाई ख्याल गर्दे शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक छ ।”

त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा विकास गर्ने बताउँदै अहिले विश्वविद्यालयहरु सिनेटको ऐनबाट चलेको र त्यसलाई कानुन बनाएर सञ्चालनको मोडालिटी नै परीवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । विश्वविद्यालयमा भूमिकाविहीन पद नराख्ने पक्षमा आफू रहेको समेत स्पष्ट पारे ।

उनले कानुन मन्त्रालयमा रहेको सङ्घीय शिक्षा ऐन आगामी संसद अधिवेशनमार्फत अगाडि बढाइने बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तनहुँमा ठूला दलका उम्मेदवार टुंगिएनन्, भोलि मात्रै मनोनयन
पछिल्लो समाचार →
पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *