Latest News
Kathmandu

विदेशबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको छलफल

विदेशबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनीहरुले भोगेका समस्याहरुबारे जानकारी लिएका छन्। आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग विदेशी भूमिमा नेपालीहरुले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने बिषयलाई आफुले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।

मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने बताए।मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकहरुलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सवै प्रकृया बुझेर जान आग्रह गरे । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादीलाई गठबन्धनकै पिरलो, अन्त टिकटको हानथाप
पछिल्लो समाचार →
यी हुन् एकीकृत समाजवादीका उम्मेद्‍वार महानगर र उपमहानगरमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *