Latest News
Kathmandu

यी हुन् एकीकृत समाजवादीका उम्मेद्‍वार महानगर र उपमहानगरमा

यी हुन् एकीकृत समाजवादीका उम्मेद्‍वार महानगर र उपमहानगरमा

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले  सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वार टुंग्याएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।

एकीकृत समाजवादीका अनुसार हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिनेछन् ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेद्‍वारी दिनेछन् ।

आफनो पार्टीको तर्फबाट उमेद्‍वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्‍वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्‍वारी दिने निर्णय भएको महासचिव बेदुराम भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको छलफल
पछिल्लो समाचार →
१३ दलको समानुपातिक बन्दसूची संशोधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *