Latest News
Kathmandu

कञ्चनपुरका सबै पालिकामा कांग्रेसले उम्मेदवार टुंगो लगायो

कञ्चनपुरका सबै पालिकामा कांग्रेसले उम्मेदवार टुंगो लगायो

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो ।

‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’

कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम लेखकलाई उम्मेदवार बनाएको छ ।

यसैगरी दोधाराचाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उम्मेदवार बनाइएको छ ।

शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट र उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा र उपमेयरमा द्रोपदी राना तथा पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया रानालाई उम्मेदवार बनाइएको छ ।

कांग्रेसले बेलौरी नगरपालिकाको मेयरको टिकट होसियार विष्टलाई र उमपेयरको टिकट खिना भण्डारीलाई दिएको छ ।

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा राना तथा बेलडाँडीको अध्यक्षमा हरिषचन्द्र रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नुवाकोटमा भत्कियो गठबन्धन, माओवादी र एकीकृत समाजवादीको गठबन्धन
पछिल्लो समाचार →
आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *