Latest News
Kathmandu

अमेरिकी अवार्डमा ‘हल्कारा’ उत्कृष्ट विदेशीभाषी फिल्म

अमेरिकी अवार्डमा ‘हल्कारा’ उत्कृष्ट विदेशीभाषी फिल्म

काठमाडौं । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा नेपाली फिल्म ‘हल्कारा : द पोस्टम्यान’ उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको छ । विजयी भएसँगै फिल्मले प्लाटिनम रेमी अवार्ड जितेको छ । यही फिल्मबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् ।

विक्रम सापकोटा निर्देशित फिल्मबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका थिए । गाउँमा खबर पुर्‍याउने एक चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई विक्रम सापकोटाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्मको वल्र्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । फिल्मलाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी रहेको निर्माता रामकृष्ण पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको अभिनय छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साढे १६ हजार जनाले १२ बजेसम्ममा मनोनयन दर्ता गरे
पछिल्लो समाचार →
स्थानीय तह निर्वाचन : तीन महानगरमा कांग्रेसभित्रै भागबन्डा

Leave a Comment

Your email address will not be published. Required fields are marked *