Latest News
Kathmandu

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको जानकारी दिए । मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको उनले बताए ।

७५३ ओटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । त्यस्तै ३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको छ ।

सोहीअनुसार आचारसंहिताको प्रावधानविपरीत उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगले आग्रह गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आयोगले सबै मतगणनास्थलमा तारजाली हैन सीसीटीभी राख्न निर्देशन
पछिल्लो समाचार →
एमाले उम्मेदवार सुनिताविरुद्ध अख्तियारमा उजुरी

Leave a Comment

Your email address will not be published. Required fields are marked *