Latest News
Kathmandu

आजै आईजीपी नियुक्तिविरुद्ध मुद्धाको फैसला हुँदै

आजै आईजीपी नियुक्तिविरुद्ध मुद्धाको फैसला हुँदै

काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर रिटमाथि बहस सकिएको छ ।

एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा भएको बहस बिहीबार सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको र आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बुधबारदेखि सुरु भएको सुनुवाइ पूरा नभएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । यस्तै पोखरेल आफैले पनि बहस गरेका थिए ।

यस्तै बुधबार इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गगन थापाको प्रश्न : पाँच वर्षमा एमालेले के के गर्यो ?
पछिल्लो समाचार →
करिब ८० करोड अमेरिकी अनुदान नेपाललाई सहयोग

Leave a Comment

Your email address will not be published. Required fields are marked *