Latest News
Kathmandu

रेनु दाहालको पक्षमा कलाकार सन्दीप क्षपेत्रीले मागे भोट

रेनु दाहालको पक्षमा कलाकार सन्दीप क्षपेत्रीले मागे भोट

काठमाडौं। कलाकार सन्दीप क्षेत्रीले चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा क्षेत्रीले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् ।

आफू कुनै पार्टीको सदस्य नरहेको भन्दै उनले यो कार्यक्रममा आउनुअघि आमालाई सोधेको बताएका छन् । ‘म आजसम्म कुनै पनि पार्टीको साधारण सदस्यसम्म नभएको मान्छे हो,’ उनले भने, ‘यो कार्यक्रममा आउनुभन्दा अगाडि एकपटक मेरो आमालाई फोन गरेर सोधें, रेनु दाहाल दिदिको यस्तो कार्यक्रम रहेछ के गरौं । मेरो आमाले भन्नुभयो पार्टीको लागि होइन, तैंले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो, त्यसपछि म आएँ ।’

क्षेत्रीले दाहाललाई जितका लागि शुभकामना समेत दिएका छन्। ‘मेरो पितृको आशिष लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकाना दिन चाहन्छु,’ उनले भने, ‘ तर यो भन्दै फेरि भन्छु, म कुनै पार्टीको मान्छे होइन । तपाईंले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको हुँ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएकी छु : रेनु दाहाल
पछिल्लो समाचार →
पुँजी बजारको विकासमा प्रभाव, ब्रोकर कम्पनीहरु थप गर्नुपर्छ : अध्यक्ष शेखर गोल्छा

Leave a Comment

Your email address will not be published. Required fields are marked *