Latest News
Kathmandu

स्थानीय तह निर्वाच : तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध कुन दलबाट कति ?

स्थानीय तह निर्वाच : तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध कुन दलबाट कति ?

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारीका आधारमा शनिबार निर्विरोध निर्वाचित हुनेको विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका छन् । प्रदेश १ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ऐना कहिले देखि हेर्न थालियो ?
पछिल्लो समाचार →
आज पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा

Leave a Comment

Your email address will not be published. Required fields are marked *