Latest News
Kathmandu

आज पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा

आज पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा

काठमाडौं । आज कास्कीको पोखरामा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा आज सत्ता गठबन्धनको सभापछि भोलि एमालेले पनि चुनावी सभा गर्दैछ । सो सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्थानीय तह निर्वाच : तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध कुन दलबाट कति ?
पछिल्लो समाचार →
अब पाँच वर्ष एमालेले सरकार चलाउँछ : ओली

Leave a Comment

Your email address will not be published. Required fields are marked *