Latest News
Kathmandu

तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम

तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिएकी छन् ।

तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिएका जनाइएको छ । उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उनले बताएकी छन् । यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ ।

काठमाडौं जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुंगा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन् ।

तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन् । तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचनका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने, पत्रकारलाई कोटा
पछिल्लो समाचार →
धनुषामा एमालेद्धारा राप्रपाका उम्मेदवारमाथि कुटपिट

Leave a Comment

Your email address will not be published. Required fields are marked *