युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटो आरोप लगाएको बताएका छन् । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उनले भने, ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो जताततै नीजि उद्योग व्यवसाय फस्टाउन थाले ।’

महतले एमालेले नभएको कुरालाई पनि प्रचार गर्ने गरेको आरोप लगाउँदै एमाले प्रचार गर्न सिपालु भएको टिप्पणी गरेका छन् । ‘हामीलाई थाहा छ उहाँहरु प्रचार गर्न सिपालु हुनुहुन्छ। नभएका कुरालाई पनि भएजस्तो भएका कुरालाई नभएको जस्तो,’ उनले भने, ‘हामी त्यो जान्दैनौं। हामी यथार्थको धरातलमा राजनीति गर्छौैं। झुटको खेती हामी गर्दैनौं। त्यही फरक एमाले पार्टीका ओलीजी र हामीमा छ ।’

०७२ सालको भूकम्पमा कांग्रेसले नै महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरेका छन् । कोभिड–१९ को व्यवस्थापनमा पनि कांग्रेस नै अघि भएको उनले बताएका छन् । प्रवक्ता महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी समेत गरेका छन् । ‘नेपाली कांग्रेसले नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्यो। त्यसको ब्याज सावाँसहित खाने पार्टी एमाले पार्टी हो,’ महतले भने ।

एमालेको अगाडि कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको भन्दै महतले भने, ‘ब्याज साउँसहित खाने पार्टी स्थापना भएको उहाँले बिर्सनुभयो। उहाँहरुको अगाडि नेपाली कांग्रेस पार्टीको विरोध गर्ने कुनै आधार छैन ।’

यसअघि आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसमाथि आरोप नै आरोप लगाएका थिए। जसको खण्डन गर्दै महतले झुटको पुलिन्दा भएको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर