Latest News
Kathmandu

‘समृद्धिका लागि कांग्रेसले नेतृत्व लिनु आवश्यक’

‘समृद्धिका लागि कांग्रेसले नेतृत्व लिनु आवश्यक’

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बाताएका छन् ।

नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।”

जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्न तर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उनले बताएका छन् ।नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले आज विकासमा निक्कै फड्को मारेको उदाहरण दिदैँ यहाँ पनि भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उनले बताएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
किन साना साना कुरामा रिस उठ्छ ?
पछिल्लो समाचार →
भारतबाट ल्याइएको जुनार र केरामा विषादी

Leave a Comment

Your email address will not be published. Required fields are marked *