Latest News
Kathmandu

भारतबाट ल्याइएको जुनार र केरामा विषादी

भारतबाट ल्याइएको जुनार र केरामा विषादी

काठमाडौं । भारतबाट आयात भएका जुनार र केरा समेत विषादीको मात्रा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । चालु आवको कात्तिकदेखि चैत मसान्तसम्म गरिएको परीक्षणमा तीन दर्जन हाराहारी तरकारी र फलफूलमा विषादी अवशेष भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताएका छन् ।

नेपाल आयात भएका जुनार, केरा, चुकन्दर, किबी र आलुमा विषादी अवेशेष भेटिएको मर्हजनले बताएका छन् । ‘कुल ४० हजार ७८५ वटा तरकारी र फलफूलमा गरिएको विषादी परिक्षणमा ३२ वटामा विषादी अवशेष प्रतिकुल पाइयो,’ मर्हजनले भने ‘विषादी अवशेष भेटिएकामध्ये केही रेडजोन अर्थात् प्रयोग गर्नै नहुने प्रकारका थिए, भने बाँकी एल्लो अर्थात् केही दिन निर्मलीकरण गरेर प्रयोग गर्न सकिने अवस्थामा थियो ।’

कृषि मन्त्रालयले कात्तिक एक गतेबाट विभागलाई विषादी अवशेष परीक्षणको अनुमति दिएको थियो । अहिले विभागले प्रमुख ७ वटा नाकामार्फत तरकारी तथा फलफूलको विषादी अवशेष जाँच गर्ने गर्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘समृद्धिका लागि कांग्रेसले नेतृत्व लिनु आवश्यक’
पछिल्लो समाचार →
कपिलवस्तुमा कांग्रेस उपमेयर उम्मेदवारको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *