Latest News
Kathmandu

कपिलवस्तुमा कांग्रेस उपमेयर उम्मेदवारको मृत्यु

कपिलवस्तुमा कांग्रेस उपमेयर उम्मेदवारको मृत्यु

कपिलवस्तु । महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिएका छन् ।

राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ । २०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।

उम्मेदवार कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिएका छन् । आयोगको निर्देशन अनुसार बाँकी निर्वाचन प्रकिृया अघि बढाइने उनले बताएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतबाट ल्याइएको जुनार र केरामा विषादी
पछिल्लो समाचार →
चुनाव अवधिभर काठमाडौ उपत्यकामा मदिरा किनबेचमा रोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *