Latest News
Kathmandu

स्थानीय निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

स्थानीय निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

रामपुर (पाल्पा) । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।

एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बनेका छन् । बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिएका छन् ।

आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा छन् । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन् ।

राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिइन् । लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन् ।

पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजिनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका हुन् ।

रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचन आयोगको रणनीति मतगणना ६ दिनभित्र सकाउने
पछिल्लो समाचार →
‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’

Leave a Comment

Your email address will not be published. Required fields are marked *