डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै उनले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गरेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने मन्त्री आलेको भनाइ थियो । उनले भने, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचनपछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ ।”
गठबन्धनका उम्मेदवारलाई जिताउन समेत उनले सबैलाई आग्रह गरेका छन् ।

Leave a Comment