काठमाडौं । सुनसरीको दुहबी–९ मा सोमवार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ ।
घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेका बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफूमाथि छुरा प्रहार गरेको बताएका छन् ।
सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता भएको बताएकी छन् । घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्रहरीले जनाएको छ ।

Leave a Comment