Latest News
Kathmandu

टिमले हारेर आफूले मात्रै जित्ने सपना नदेखे हुन्छ : प्रकाशमान सिंह

टिमले हारेर आफूले मात्रै जित्ने सपना नदेखे हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई नजिताइकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मोर अगाडि जानुपर्छ ।’

चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उपप्रमुख उम्मेदवार छन्।

सिंहले एक्लै जित्ने सपना नदेख्न समेत कार्यकर्तालाई चेतावनी दिएका छन् । ‘आफैं जितौं, आफैं जितौं भन्ने त्यो आफ्नो ठाउँमा होला तर टिमले नजितिकन आफूले मात्रै जित्ने भन्ने सपना नदेखेहुन्छ’ उनको भनाइ छ, ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरि प्रचार(प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’

गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरेका छन्।

‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ’ उनको भनाइ छ, ‘विरोध गर्नलाई सजिलो छ । तर, हामी सबैले याद गरौं, प्रथम संविधासभाबाट जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सबैलाई समन्वय गरेर २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको हो नि ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनसरीमा एमाले कार्यकर्तामाथि छुरा प्रहार
पछिल्लो समाचार →
निर्वचन आयोगले ६५ जनालाई स्पष्टीकरण सोध्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *