काठमाडौं । निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार(संहिता उल्लंघन गर्ने ६५ जनालाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनको लागि गत चैत २५ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई विभिन्न माध्यमबाट स्पष्टीकरण सोधिएको राजधानीमा आयोजित आम निर्वाचन पर्यवेक्षण समिति नेपालको कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । उनका अनुसार गम्भीर प्रकृतिका उल्लंघनकर्तालाई कानून बमोजिम कारबाही गर्ने तयारी गरिएको छ ।
आचार(संहिता उल्लंघन गर्नेमा मन्त्री, कर्मचारी र पत्रकारसमेत रहेका छन् । गत निर्वाचनमा पनि विभिन्न दल तथा व्यक्तिहरूले आचार संहिता उल्लंघन गरेका थिए । यसपटक भने विगतका निर्वाचनमा भन्दा कम आचार(संहिता उल्लंघन भएको पौडेलको ठहर छ ।

Leave a Comment