काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार सुनिता डंगोलले आफु जनताको शासक होइन, सेवक बन्ने बताएकी छन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै डंगोलले काठमाडौंलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने योजना आफूसँग रहेको उनले बताईन् ।
उनले भनिन्, ‘डे वान देखि नै तपाईंहरुको माया पाएको छु । जति दिन वित्दै गयो, त्यति धेरै माया बढेको महसुस गरेको छु । तपाईंहरुको यो माया नै मेरो जितको सबैभन्दा बलियो आधार हो । चुनाव जितेर म शासक होइन सेवक बन्नेर तपाईंहरुको सेवा गर्नेछु ।’
‘काठमाडौंलाई अरु सहरसँग तुलना गरेर त्यस्तै बनाउनुपर्छ भन्ने गर्छन् कसैले । तर, मलाई लाग्छ काठमाडौंलाई अरु सहरजस्तो बनाउनु आवश्यक छैन । यसलाई काठमाडौं र कान्तिपुर नगरी बनाउने योजनासहित आफ्नो पाइला अघि सार्नेछु’, उनले भनिन् ।

Leave a Comment