Latest News
Kathmandu

सुनको मूल्य तोलामा १००० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १००० रुपैयाँले बढ्यो

६ जेठ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

बढेको मूल्यसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा १२ सय ५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
म जनताको सेवक बन्छु : सुनिता डंगोल
पछिल्लो समाचार →
निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण, नबुझाउनेलाई कारबाही गर्न निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *