Latest News
Kathmandu

सरकारप्रति रामचन्द्र पौडेलको आरोप: आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल छ

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारको आलोचना गरेका छन् । ६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले सरकारले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै चर्को आलोचना गरेका हुन् ।

‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन्’, उनले भने ।

किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गर्दै उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उनले आरोप लगाए ।

 

प्रतिक्रिया
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग
पछिल्लो समाचार →
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *