Latest News
Kathmandu

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेपछि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९–९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र मट्टितेल समान १ सय ७२ रुपैयाँ र आन्तिरिकतर्फ हवाई इन्धन १ सय ९० रुपैयाँ पुगेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सरकारप्रति रामचन्द्र पौडेलको आरोप: आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल छ
पछिल्लो समाचार →
सरकारलाई आयल निगमको पत्र: अब गाडीलाई २० र बाइकलाई ५ लिटर मात्र इन्धन

Leave a Comment

Your email address will not be published. Required fields are marked *