Latest News
Kathmandu

करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु

करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु

काठमाडौं । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महासंघलाई प्रश्न : पत्रकारको कार्ड लिएपछि सञ्चार माध्यममा सक्रिय हुनुपर्छ कि पर्दैन ?
पछिल्लो समाचार →
यु-२० नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *