Latest News
Kathmandu

यु-२० नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै

यु-२० नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै

काठमाडौं । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्किंदै छ । भारतको भुवनेश्वमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज नेपाल फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । सो प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

प्रतियोगिताभर नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो भने भारतसँग ८-० को फराकिलो अन्तरले हार ब्योहोरोको नेपालले बंगलादेशसँग भने १-१ को बराबरी खेलेको थियो ।

सो प्रतियोगितामा भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो । उपाधिका लागि अब भारत र बंगलादेश भिड्ने भएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु
पछिल्लो समाचार →
श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

Leave a Comment

Your email address will not be published. Required fields are marked *