Latest News
Kathmandu

झापाको पालिया खोलामा नवजात शिशुको शव फेला

झापाको पालिया खोलामा नवजात शिशुको शव फेला

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सिके राउत उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने
पछिल्लो समाचार →
सत्ता गठबन्धनको बैठक जारी

Leave a Comment

Your email address will not be published. Required fields are marked *