Latest News
Kathmandu

सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।

चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेको थियो । आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुने छ ।

नेताहरुका अनुसार बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुनेछ । उनीहरुका अनुसार तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुनेछ ।

स्थानीय निर्वाचनमा सत्तारुढ दलबीच काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी संयन्त्र गठन गरी सोही संयन्त्रको सुझावका आधारमा तालमेलको मोडालिटी तय भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
झापाको पालिया खोलामा नवजात शिशुको शव फेला
पछिल्लो समाचार →
माओवादी नेता रञ्जित तामाङद्वारा केपी ओलीसँग चुनाव लड्ने घोषणा

Leave a Comment

Your email address will not be published. Required fields are marked *