Latest News
Kathmandu

‘प्रतिपक्षलाई बेवास्ता गरिएको छैन, ओलीलाई फोन गर्दा सम्पर्क हुन सकेन्’

‘प्रतिपक्षलाई बेवास्ता गरिएको छैन, ओलीलाई फोन गर्दा सम्पर्क हुन सकेन्’

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको बताएका छन् । उनले बिहीबारको मन्त्रिपरिषद् बैठकअघि चुनावको मिति घोषणाबारे परामर्श गर्न एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीलाई फोन गरेपनि सम्पर्क हुन नसकेको जिकिर गरे ।

सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत भएको बताए । एमालेका केही नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् । उनले मंसिर ४ को चुनाव अपेक्षित भएकाले यसमा सबै जानकार रहेको पनि बताए ।

गठबन्धनको बैठकले संघ र प्रदेशमा पाँच वटै दलबीच तालमेल गरेर जाने निर्णय गरेको उनले बताए । तालमेलका मोडालिटीलगायतका विषयमा कार्यदल बनाएर अघि बढिने उनको भनाइ छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने गठबन्धनको निर्णय
पछिल्लो समाचार →
काठमाडौंमा फोहोरको डंगुर राजनीतिको प्रतिकात्मक स्थिति हो : भीम रावल

Leave a Comment

Your email address will not be published. Required fields are marked *