Latest News
Kathmandu

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो ।

त्यस्तै, पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली छ ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ । प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
पछिल्लो समाचार →
सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *